२५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

Buddhaपोखरा, वैशाख १४ गते । कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ ।

मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७ गते विविध कार्यक्रम आयोजना गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा गाउँपालिकास्तरीय भलिबल, बास्केटबल, ठेलो हान्ने, घंैटो फुटाइ, रस्साकस्सी प्रतियोगिता, सांस्कृतिक नाचलगायतका प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतियोगिता अन्तर्गत भलिबल र बास्केटबलमा प्रथम र द्धितीय हुने टोलीलाई क्रमश रु ५५ हजार र ३३ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था छ ।

त्यस्तै नृत्यतर्पm प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश रु ४० हजार, ३० हजार र २० हजार मेडल र प्रमाणपत्र तथा ठेलामा प्रथम र द्धितीयलाई क्रमश रु पाँच हजार र दुई हजार ५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका संस्थापक अध्यक्ष देवीजंग गुरुङले बताउनुभयो ।

महोत्सव सम्पन्न गर्न रु सात लाख ६० हजार खर्च लाग्ने जानकारी दिँदै उहाँले सो रकम याङजाकोट घर भई वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाबाट रु छ लाख ५० हजार संकलन भइसकेको र अन्य सहयोग आउने क्रम पनि जारी रहेको बताउनुभयो ।

याङजाकोटमा २०३८ सालदेखि बुद्धजयन्तीका दिनमा मेलाका रुपमा मनाउँदै आइएको महोत्सवलाई निरन्तरता दिन अक्षयकोष स्थापना गरिएको छ । कूल रु ५० लाख अक्षयकोष पु¥याउने लक्ष्यका साथ शुरु गरिएको उक्त कोषमा ४८ जना अक्षयकोष दाताबाट हालसम्म रु ३० लाख संकलन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter