• Saturday, May 03, 2025

छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

irrigationकाठमाडौँ, वैशाख १८ गते । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ । हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप चार किलोमिटर सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रुक्माङ्गद खनालका अनुसार आयोजनाको प्रगति असाध्यै राम्रो रहेको र हालकै गतिमा आयोजना अगाडि बढे आगामी छ महिनामा ५० प्रतिशत सुरुङ निर्माण हुनेछ । सन् २०२० सम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक औसत २५ मिटरका दरले सुरुङ निर्माण भइरहेको छ । बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरू गरिएको आयोजना निर्माणले गति लिएपछि चासो राख्ने समूह पनि बढ्दै गएको छ ।

अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म चार हजार मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरू भएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार टिबिएमको सफल परीक्षण भएको र अन्य आयोजना निर्माणका लागि सहज वातावरण बनेको छ ।

परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्थ्यो तर टिबिएम प्रयोग भएपछि भने सहज भएको आयोजनाले जनाएको छ । भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरू क्रियाशील रहेको जानकारी दिँदै सिडिई खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत ३५ प्रतिशत रहेको बताउनुभयो । आयोजनाको कूल लागत रु १६ अर्ब ४५ करोड रहेको छ ।

सुरुङ निर्माणका लागिमात्रै रु १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । भेरीको पानीलाई बबई नदीमा खसालेर सिँचाइ तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक ८० जना विदेशी र ५०० भन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । टोलीखोलामा भौगर्भिक समस्या पर्ने आशंका सुर्खेतको स्थानीय टोलीखोलमा भौगर्भिक समस्या आउने सक्ने आशंका देखिएको छ । विभिन्न कालखण्डमा आएका भूकम्प तथा अन्य भौगर्भिक उथलपुथलका कारण उक्त खोलाको प्लेटमा खराबी भएको हुन सक्ने आशंका गरिएको छ ।

सतहबाट २३० मिटर तल जमिनभित्र सुरुङ पर्ने भएकाले सो खण्डको जमिन कमजोर छ कि भन्ने आशंका गरिएको आयोजनाले जनाएको छ । सिडिई खनालले भन्नुभयो, “आशंका मात्रै हो, जमिनमा समस्या हुन पनि सक्छ, नहुन पनि हुन्छ ।” पर्यटकीयस्थल बन्दै आयोजना आयोजना निर्माणका बारेमा चासो राख्दै दैनिक औसतमा २०० भन्दा बढी आन्तरिक पर्यटक आयोजनास्थलमा पुग्ने गरेका छन् । सडक, विद्युत् तथा खानेपानी आयोजना निर्माणमा संलग्न प्राविधिक तथा कर्मचारीसमेत आयोजनामा पुगेर जानकारी लिने गरेको सिडिई खनालले जानकारी दिनुभयो । यस्तै विद्यार्थी तथा अन्य चासो राख्ने नागरिक पनि आयोजनास्थल पुग्ने गरेका छन् ।

मासिक चार हजारभन्दा बढीले आयोजनास्थल पुगेर जानकारी लिने गरेका छन् । “बिदाको दिन असाध्यै ठूलो भीड लाग्ने गरेको छ । हामीले सबैलाई सहज रुपमा सुरुङ भ्रमण गराउने र आयोजनाको जानकारी दिने गरेका छाँै”, सिडिई खनालले भन्नुभयो, “चासो बढ्नु र सबैले खबरदारी गर्नु त राम्रो हो ।” विद्युत्गृह र बाँधको ठेकेदार छनोट हुँदै आयोजनाले चालू आवको अन्त्यसम्म निर्माण व्यवसायीको प्रारम्भिक छनोटको कार्य सम्पन्न गर्ने तयारी गरिएको छ । आगामी कात्तिक मसान्तसम्म ठेकेदार छनोट गरेर विद्युत्गृह र बाँध निर्माण गर्ने ठेकेदार चयन गरिनेछ । सिडिई खनालले आयोजनालाई नमूना परियोजना बनाउने गरी काम गरिएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter