• Monday, May 19, 2025

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन: प्रधानमन्त्री

PM Oliकाठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पार्नुभएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter