• Monday, May 19, 2025

सवा करोडको लगानीमा कुखुरापालन

Poultry-farmingटीकाबहादुर बस्नेत / दाङ, वैशाख २३ गते । मिहिनेत र परिश्रम गरे स्वदेशमा प्रशस्तै रोजगारीका अवसर छन् भन्ने गतिलो उदाहरण दाङका युवाले दिएका छन् । स्नातकोत्तर उत्तीर्ण गरेका जिल्लाको घोराहीका चार युवाले सवा करोड रुपियाँको लगानीमा कुखुरापालन व्यवसाय सुरु गरेर आफूसँगै अरूलाई पनि रोजगारी दिइरहेका छन् ।

घोराही उपमहानगरपालिका १८ मा एक बिघा जग्गा लिजमा लिएर उमेश गौतम, प्रदीप सुवेदी, सुवास गौतम, मनोज सुवेदीले लेयर्स कुखुरा पालिरहनुभएको छ । औपचारिक अध्ययनको समाप्तिसँगै आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले कुखुरापालन व्यवसाय सुरु गरेको जानकारी व्यवसायी उमेश गौतमले दिनुभयो । उहाँका अनुसार फर्ममा हाल छ हजार कुखुरा छन् ।

अध्ययन सकिएपछि अरूकहाँ रोजगारीका लागि धाउनुभन्दा आफ्नै व्यवसाय सुरु गरौँ भन्ने सोचेर साथीहरू मिलेर कुखुरापालन व्यवसाय सुरु गरेका हौँ, व्यवसायी उमेशले भन्नुभयो, अहिले आफू मात्र नभई अन्य चार जनालाई पनि रोजगारी दिइरहेका छौँ ।

व्यवसाय बढाउँदै लैजाने तयारीमा रहेको भन्दै व्यवसायी उमेशले हालसम्म एक करोड २० लाख लगानी भइसकेको जानकारी दिनुभयो । अहिले फर्ममा छ हजार कुखुरा रहेका छन् । एक करोड २० लाख रुपियाँ लगानी लागिसकेको छ । अब लगत्तै १२ हजार कुखुरा पु¥याउने तयारीमा छौँ, उमेशले भन्नुभयो, यो व्यवसायबाट हामीलाई सन्तुष्टि मिलेको छ । आफ्नै ठाउँमा, आफ्नै परिवारका साथमा बसेर व्यवसाय सञ्चालन गर्न पाएका छौँ । आम्दानी पनि राम्रै भइरहेको छ ।

हाल दैनिक पाँच हजार दुई सय अण्डा उत्पादन भइरहेको भन्दै उमेशले प्रतिदिन ४७ हजार पाँच सय रुपियाँको अण्डा बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अण्डा बिक्रीका लागि कुनै समस्या छैन । अण्डा बिक्रीबाटै मासिक १४ लाख २५ हजार आम्दानी हुने गरेको छ । कुखुरापालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ । अण्डा बिक्रीबाट दैनिक ४७ हजार र मासिक १४ लाख २५ हजार आम्दानी रुपियाँ आम्दानी हुन्छ, उमेशले भन्नुभयो ।

कर्मचारी तलब, दाना पानी गरेर मासिक नौ लाख रुपियाँ खर्च हुने भन्दै व्यवसायी उमेशले मासिक सवा चार लाख बचत हुने गरेको जानकारी दिनुभयो । आफ्नै मिहिनेतबाट प्रतिव्यक्ति मासिक एक लाख रुपियाँ आर्जन गरिरहेका युवा व्यवसायले पैसा र इज्जत दुवै दिएको बताउँछन् ।

व्यवसायले पैसा र इज्जत दुवै दिएको छ । अरूकहाँ जागिरका लागि गएको भए मासिक २०÷३० हजार तलब पाइन्थ्यो होला । इज्जत पनि हुँदैनथ्यो होला । आफ्नै व्यवसायमा मिहिनेत गरेका छौँ । प्रतिव्यक्ति मासिक एक लाख रुपियाँ आम्दानी भइरहेको छ, उमेशले भन्नुभयो, छिट्टै व्यवसायलाई बढाएर १२ हजार कुखुरा पु¥याएर १०÷१५ जनालाई रोजगारी दिने सोचाइमा छौँ ।

राज्यबाट आफूजस्ता युवालाई व्यवसायमा प्रोत्साहन गर्ने कार्यक्रम नभएकोप्रति गुनासो गर्दै व्यवसायी उमेशले भन्नुभयो, कृषिमा राज्यले लगानी बढाएको सुनिन्छ । हामीजस्ता व्यवसायी युवाका लागि कुनै अनुदानका कार्यक्रम पुग्न सकेको छैन । अनुदान पहुँचका भरमा वितरण भइरहेको छ । यतातर्फ सम्बन्धित निकायले सोचिदिए हामीजस्ता व्यवसायीलाई राहत हुने थियो ।

बैङ्कबाट ऋण लिएर व्यवसाय सुरु गरेको भन्दै व्यवसायी उमेशले पछिल्लो समयमा आएर ऋणमा पनि समस्या भइरहेको बताउनुभयो । फर्ममा छ हजार कुखुरा थप गर्ने योजनामा छौँ । बैङ्कबाट लोन पनि सजिलै पाइएको छैन, उमेशले भन्नुभयो, न त राज्यको अनुदान आउँछ, न त सजिलै लोन पाइन्छ अनि कसरी व्यवसाय गर्ने । हामीजस्ता युवालाई व्यवसायलाई निरन्तरता दिन समस्या आइरहेको छ । ’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter