नौलिन स्पोर्ट भिल्लामा ब्याडमिन्टन तथा सफ्ट टेनिसका नयाँ कोर्ट थप

Naulin Villaकाठमाडौँ, वैशाख २५ गते । बुढानीलकण्ठ ८ सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट भिल्लाले ब्याडमिन्टन तथा सफ्ट टेनिसका नयाँ कोर्ट थप गरेको छ ।

मंगलबार बिहान भिल्लाका परिसरमा आयोजित कार्यक्रममा नयाँ ब्याडमिन्टन र सफ्ट टेनिस कोर्टको संयुक्त रुपमा उद्घाटन भएको छ ।

बुढानीलकण्ठ नगरपालिकामा मेयर उद्धव खरेल, नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र बुढानीलकण्ठ वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाडले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा मेयर खरेलले सार्वजनिक निजी साझेदारी(पिपिपी मोडल)अनुसार खेलकुदलाई सञ्चलान गर्ने तयारीमा नगरपालिका रहेको बताए ।

सबै वडामा एक एक वटा खेलकुद पूर्वाधार निर्माण गर्ने गरी नगरपालिकाले योजना गरिरहेका बताए ।

सो कार्यक्रममा भिल्लाका प्रवन्ध निर्देशक किशोर थापाले लन टेनिसबाट शुरु भएको यात्रा सफ्ट र ब्याडमिन्टनमा आइपुगेको बताए । थापाले चाँडै नै क्रिकेटको एकेडेमी सञ्चालनको तयारीमा भिल्लामा रहेको जानकारी दिए । भिल्लाले मुख्य रुपमा लन टेनिसका कार्यक्रम सञ्चालन गर्दैै आएको छ । यसैबीच स्पोट्स भिल्लाले आफ्नै वेबसाइट पनि तयार पारेको छ । धधध।लबगष्लिकउयचतकखष्ििब।अयm मा गएर भिल्लाले सञ्चालन गर्दै आएको कार्यक्रमको जानकारी लिन सकिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter