• Monday, May 19, 2025

ऊर्जा मन्त्रालयको १ सय २५ बुँदे कार्ययोजना : १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन

hydropower projectकाठमाडौँ, वैशाख २५ गते । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले २०७५ सालदेखि २०८५ सालसम्मलाई उर्जा तथा जलस्रोत दशक घोषणा गर्दै १ सय २५ बुँदे आगामी मार्गचित्र सार्वजनिक गरेको छ । मन्त्रालयमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यसहितको श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

‘शिक्षा र स्वास्थ्यको लागि उज्यालो विशेष कार्यक्रम’, ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’, ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’, ‘हरेक घर, उर्जा घर’, ‘घर घरमा विद्युतीय चुल्हो’, ‘हरेक बस्ती, उर्जा बस्ती’ जस्ता नाराका साथ १० बर्षमा १५ हजार बिद्युत उत्पादन गर्ने लक्ष्यसहितको श्वेत पत्र सार्वजनिक गरिएको हो ।

जारी श्वेतपत्रमा आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाइने, यसका लागि निर्माणाधीन उत्पादन, प्रशारण तथा वितरण लाइन आयोजनाहरु समयभित्र सम्पन्न गरिने मन्त्रालयको भनाई छ ।
१० बर्षमा १५ हजार मेगावाट बिद्युत उत्पादन गरी १० हजार विद्युत स्वदेशमै खपत गरी ५ हजार मेगावाट बिद्युत बिक्री गर्ने लक्ष्य राखिएको मन्त्री पुनले जानकारी दिए ।

यस्तै विद्युत प्रशारणका लागि गुरुयोजना अनुरुप आन्तरिक तथा अन्तरदेशीय क्रसबोर्डर प्रशारण लाइनहरुको चरणबद्ध रुपमा विकास गर्ने, पूर्व–पश्चिम ४०० केभीस्तरको उच्च भोल्टेज प्रशारण लाइन र सोही स्तरको मध्य–पहाडी तथा नदी वेसिन करिडोर प्रशारण लाइन निर्माणको योजना छ । दीर्घकालिन रुपमा नेपालको पूर्व पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोक मार्गको समानान्तरमा ४००÷७६५ के.भी. प्रशारण लाईन र नदी वेसिनका आधारमा उत्तर दक्षिण ४०० के.भी. प्रशारण लाईन निर्माण गरिने मन्त्रालयको भनाई छ ।

यस्तै ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ कार्यक्रम अन्तर्गत हरेक प्रदेशमा कम्तिमा एउटा ठूलो जलविद्युत/सौर्य आयोजनाको निर्माण शुरु गर्ने श्वेतपत्रमा उल्लेख छ । ‘हरेक घर, उर्जा घर’ को अवधारणा अन्तर्गत उर्जा दक्षता कार्यक्रम र घर घरमा राखिने रुफ टप सौर्य उर्जालाई नेट मिटरिङ्ग तथा नेट पेमेण्टका आधारमा ग्रीडमा जोड्ने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाईने मन्त्री पुनले जानकारी गराए ।

बुढीगण्डकी जलविद्युत आयोेजनाको नयाँ टेन्डर
बुहप्रतिक्षित र विवादित आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको पुन टेन्डर आह्वान गरिने भएको छ । मन्त्री पुनले आगामी आर्थिक बर्षमा यो आयोजनाको निर्माणका लागि बोलपत्र आह्वान गरेर काम शूरु गरिने उनले बताए । यो आयोजनालाई नयाँ प्रक्रियाका साथ लाने बताउँदै उनले पूरानो कम्पनीलाई पुन दिने भन्ने प्रश्नै नभएको बताए । साथै कुलेखानी तेश्रो जलबिद्युत आयोजना लगायतका अन्य आयोजनाको काम समयमा नगर्ने कम्पनीलाई कालो सूचीमा राख्ने तथा कारबाही प्रक्रियामा ल्याउने मन्त्री पुनको भनाई छ ।

१ सय ७२ आयोजना निर्माणका क्रममा
यसैबीच मन्त्री पुनले हाल ४ हजार ६ सय ४२ मेगावाट क्षमताका १ सय ७२ वटा आयोजनाहरुको विद्युत उत्पादन अनुमतिपत्र जारी भई निर्माणको विभिन्न चरणमा रहेको जानकारी गराएका छन् । यस्तै अध्ययन सम्पन्न गरी विद्युत उत्पादन अनुमतिपत्रको लागि ३ हजार ४ सय ६६ मेगावाट क्षमताका ३६ वटा आयोजनाका प्रवद्र्धकहरुबाट प्राप्त दर्खास्तहरुमा अध्ययन भइरहेको पनि जानकारी गराए ।

१५ हजार ८ सय ८७ मेगावाट क्षमताका ३ सय २ वटा आयोजनाका प्रवद्र्धकहरुलाई विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र दिइएको र १ सय वटा विद्युत प्रशारण लाइनको सर्वेक्षण अनुमतिपत्र तथा ९६ वटा विद्युत प्रशारण लाइनको निर्माण अनुमतिपत्र जारी गरिएको पनि जानकारी दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter