• Wednesday, May 21, 2025

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी; विभिन्न अध्यादेश स्वीकृत

Parliament Buildingकाठमाडौँ, वैशाख २६ गते । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो ।

उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका बिषयमा कुराकानी हुने र संयुक्त रुपमा उहाँहरुले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुबै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न अध्यादेश स्वीकृत

संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत ग¥यो ।

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ((पहिलो संशोधन) अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत ग¥यो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

बैठकले कानून, न्याय, तथा संसदीय मामिलामन्त्री तामाङद्वारा प्रस्तुत ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५’ लाई पनि बहुमतले स्वीकृत गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter