• Friday, May 23, 2025

त्रिवि बीबीए कप २०७५ आइतबारबाट सुरु हुने

Cricketनेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बीबीए टी-२० क्रिकेट प्रतियोगिता आगामी ३० वैशाख आइतबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै म्याचहरू मूलपानीस्थित क्रिकेट ग्राउण्डमा हुनेछन् ।

गत सालका त्रिवि बीबीए कप विजेता युनिभर्सल कलेज, शान्तिनगरको आयोजना र मर्सि एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यस प्रतियोगितामा कोकाकोलाको समन्वय रहेको छ । प्रतियोगिताको सह-प्रायोजनमा सगुन एप र क्याप्सुल लाइन रहेका छन् । इन्गेज बडी स्प्रे र म्याजेस्टीले यस प्रतियोगितालार्इ सहयोग गरेका छन् । यो प्रतियोगिता विगत १२ वर्षदेखि सञ्चालित छ ।

यस त्रिवि बीबीए कप २०७५ प्रतियोगितामा त्रिविअन्तर्गत बीबीए (व्यवसाय व्यवस्थापनमा स्नातक) पढाइ हुने १८ वटा कलेजका क्रिकेट टोलीहरू त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रम सञ्चालन हुनेमध्ये सर्वोत्कृष्ट कलेज क्रिकेट टिमको उपाधिका लागि भिड्दै छन् । यस प्रतियोगितामा काठमाडौँ उपत्यका भित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीनवटा कलेजहरू सहभागी हुँदै छन् ।

उक्त प्रतियोगितामा पुरस्कार स्वरूप विजेता टोलीलार्इ रू. ५०,००० /- (पचास हजार रूपैयाँ), रनर-अपलार्इ रू. २५,००० /- (पच्चीस हजार रूपैयाँ) तथा प्रत्येक खेलका म्यान अफ द म्याच (सर्वोत्कृष्ट खेलाडी)लार्इ जनही रू. ५,००० /- (पाँच हजार रूपैयाँ) बराबरका विभिन्न गिफ्ट ह्याम्परहरू रहेका छन् । म्यान अफ द सिरिज (प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी)लार्इ रू. १०,००० /- (दश हजार रूपैयाँ) रूपैयाँ नगद पुरस्कार व्यवस्था छ ।

यस त्रिवि बीबीए कप २०७५ आगामी जेठ ८ गतेसम्म चल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter