• Saturday, May 17, 2025

‘दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त’

nepal mapकाठमाडौँ, वैशाख २७ गते । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् ।

यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया ः नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म नेपालको स्तरोन्नति अति कठिन हुने बताए ।

कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायिकीकरण, विमानस्थल, द्रुतमार्गजस्ता भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन, पर्यटकीय महत्वका देशभरका क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालन, विशेष आर्थिक क्षेत्र सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग, उत्पादन र सेवा क्षेत्रको विस्तार तथा तिनको दिगोपनाको सुनिश्चितता पनि स्तरोन्नतिका निम्ति अपरिहार्य भएको उनीहरुको कथन थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशासन, प्रवद्र्धन, दिगो आर्थिक विकासबाट नै विकासशील राष्ट्रमा स्तरोन्नति हुने आधार भएका बताउँदै पर्यटन ऊर्जा उत्पादनका क्षेत्रबाट नै राष्ट्र अधिक लाभान्वित हुने बताउनुभयो । उहाँले बंगलादेशले गरेको प्रगति नेपालका निम्ति प्रेरणाको विषय भएको बताउँदै सार्कको सदस्य राष्ट्रका नाताले दुवै देशले अनुभव आदान प्रदान गरी विकास स्तरोन्नतिको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालबाट प्राप्त नैतिक एवं भौतिक सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध शताब्दिऔँदेखि प्रगाढ रहेको बताउनुभयो ।

आफ्नो देशले अल्प विकसित मुलुकबाट स्तरोन्नतिमा हासिल गरेको उपलब्धिलाई ऐतिहासिक भन्दै उहाँले उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताका कारण त्यो सम्भव भएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शंकर शर्माले व्यापार विस्तार, आम्दानीका स्रोतहरुमा दिगोपनाको सुनिश्चितता, भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिले पनि स्तरोन्नतिको लक्ष्य हासिलमा बाधा पु¥याउन सक्ने भएकाले हरेक पक्षलाई दृष्टिगत गरी कार्ययोजना बनाएर अघि बढ्न सकिने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले अन्तर्राष्ट्रिय समुदायले अल्प विकसित मुलुकलाई उपलब्ध गराउने विकास सहायता समयमै प्रदान हुनुपर्ने तथा दिगो विकासका अन्य क्षेत्रमा नेपालले गम्भीर भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

आइएसएसआरका कायममुकायम अध्यक्ष प्रा गोविन्द नेपालको सभापतित्वमा भएको उक्त कार्यशालामा सार्क मुलुकका कूटनीतिक नियोगका पदाधिकारी तथा पूर्व राजदूतहरुको उपस्थिति थियो ।

गत मार्चमा संयुक्त राष्ट्रसंघले बंगलादेशलाई अल्प विकसित राष्ट्रबाट स्तरोन्नति भएको सूचना प्रदान गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter