• Wednesday, May 21, 2025

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि – अर्थमन्त्री

Yuvaraj Khatiwadaकाठमाडौँ, जेठ ४ गते । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ ।

स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले यस किसिमका उद्योगमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

उद्योगी प्रदीपकुमार श्रेष्ठले देशको भौतिक पूर्वाधार निर्माणका लागि छड उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले त्यस्ता उद्योगीलाई सरकारले बैंकिङ सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा निर्माणजन्य कार्यमा प्रयोग हुने छड वार्षिक रुपमा रु एक खर्ब २० अर्बको कारोवार हुने गरेको छ । छडको करीब ९० प्रतिशत कच्चा पदार्थ भारत तथा १० प्रतिशत चीनबाट आयात हुने गरेको जानकारी दिइयो ।

नेपालमा उत्पादन भएका छड करीब दुई दशक अगाडिसम्म चीन स्वशासित क्षेत्र तिब्बतमा केही प्रतिशत निर्यात हुने गरेको भए पनि अहिले यसको खपत स्वदेशमा मात्र हुने गरेको छ ।

प्रदर्शनीमा नेपाल र भारतका गरी करीब ५० छड उद्योगका प्रतिनिधिको सहभागिता रहेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter