• Monday, May 19, 2025

स्पेनको मैड्रिडमा नेपाली दुताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलकानेपालीबासीलाई सहज

Portugalकृष्ण पौडेल / पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ ।

पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ ।

पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् ।

मड्रीड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गते बिहीवार देखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको थियो ।

मड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागज बिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो ।

नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ।

स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter