• Wednesday, May 21, 2025

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

NTBकाठमाडौँ, जेठ ७ गते । चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो ।

चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले शुभारम्भ गर्नुभयो ।

चिनियाँ वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रका आकर्षक तस्वीर र जानकारी समावेश गरिनुका साथै महत्वपूर्ण धार्मिकस्थल, मठ, मन्दिर, हिमाल, नदी आदि विषय पनि समेटिएको छ ।

यस्तै इन्फोग्राफी भिडियोमा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको तस्वीर र विवरणका साथै ती गन्तव्यमा पुग्ने यातायात सञ्चार आदिको जानकारी पनि दिइएको छ ।

पर्यटनमन्त्री अधिकारीले नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको संख्यामा निरन्तर वृद्धि भइरहेको अवस्थामा यस वेबसाइटले बढीभन्दा बढी चिनियाँ पर्यटक आकर्षण गर्न उपयोगी हुने बताउनुभयो ।

“नेपालमा आउने चिनियाँ पर्यटकलाई अन्तरक्रियात्मक बनाई यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गतिविधिबारे जानकारी गराउन यो वेबसाइट उपयोगी हुनेछ, यसले चिनियाँ पर्यटक बढाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

आगामी १० वर्षभित्र नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कम्तीमा २५ प्रतिशत पु¥याउने तथा सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन पनि बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन जरुरी भएको मन्त्री अधिकारीको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाली पर्यटनको महत्वपूर्ण स्रोत बजार चीनबाट विगत १० वर्षमा निरन्तर पर्यटक आगमन संख्या बढिरहेको सन्दर्भ उनीहरुलाई अझ घुलमिल बनाउने उपयुक्त माध्यम चिनियाँ वेबसाइट हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दो रहे पनि लक्ष्यअनुसार पुग्नका लागि चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न आगामी दिनमा चिनियाँ भाषामा मोबाइल एपलगायतका सामग्री बनाइने जानकारी दिनुभयो ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले अन्तर्राष्ट्रिय पर्यटनको महत्वपूर्ण स्रोत बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न वेबसाइट सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई छिमेकी मुलुकको जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा पर्यटनको माध्यमबाट आर्थिक सामाजिक साझेदारी अभिवृद्धि गर्न चिनियाँ वेबसाइट उपयोगी हुने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter