• Monday, May 19, 2025

जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पु¥याउनुपर्छ – राज्यमन्त्री बास्कोटा

government logoकाठमाडौँ, जेठ ८ गते । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उहाँले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले प्रचारप्रसारको तयारीको व्यवस्थापन मिलाउन मातहतका निकायलाई सुझाव दिनुभयो ।

विसं २०६५ जेठ १५ गते संसद्बाट नेपाललाई संघीय गणतन्त्र मुलुक घोषणा गरिएको थियो । राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो– “गणतन्त्र जनताको व्यवस्था हो, सरकारको होइन, परम्पराभन्दा अलि पृथक र सिर्जनशील ढंगले गणतन्त्र सम्बन्धी विषयवस्तु प्रस्तुत होस् ।”

गणतन्त्रपछि समाजले गरेको उपलब्धि, आर्थिक विकास, लगानी प्रवद्र्धन, वैदेशिक सम्बन्धजस्ता विषयलाई ऊजागर गर्न सुझाव दिँदै उहाँले गणतन्त्रलाई संस्थागत गर्न युवा पुस्तालाई गणतन्त्र ल्याउन भएको आन्दोलन र योगदानको जानकारी दिलाउन आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी रहेका नागरिकको उत्साह, आजको मूल्यांकन र उहाँहरुले चाहेको आगामी बाटो समेटिएको जीवन्त कथा जस्ता घटनालाई प्राथमिकताका साथ प्रचारप्रसार गर्न सुझाव दिँदै राज्यमन्त्री बाँस्कोटाले गणतन्त्रलाई कमजोर तुल्याउने खालका एउटै पात्र र उही गन्थनलाई दोहो¥याउन आवश्यक नरहेको सल्लाह दिनुभयो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी गणतन्त्र दिसवलाई भव्य रुपमा मनाउन मातहतका निकायका प्रमुखलाई आवश्यक कार्यक्रम बनाएर प्रचारप्रसारमा जुट्न आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातन्त्र र गणतन्त्रको सम्बन्ध केहो, गणतन्त्र प्राप्तिको लागि नेपाली समाजबाट कति योगदान भयो, यसको उपलब्धि कुन तहमा कसरी पुग्नुपर्दछ भनेर राससले समाचार, विचार, आलेख र अडियो सामग्री सम्पेषण गर्ने बताउनुभयो ।

सो अवसरमा यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म गणतन्त्र दिवस भव्यसँग मनाउन आ–आफना संस्थाले तयार गरेको कार्यक्रमका बारेमा मातहतका संस्थाको तर्फबाट जानकारी गराइयो ।

जेठ १५ गते हुने मूलसमारोह बाहेकका दिनमा पनि गणतन्त्रको महत्वबारे रेडियो नेपालले परिसंवाद तथा नेपाल टेलिभिजनबाट गणतन्त्र ल्याउन भएका आन्दोलन सम्बन्धी वित्तचित्र र योगदानबारे प्रचार प्रसारका कार्यक्रम चलाउने जानकारी दिइयो ।

बैठकमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, महाप्रबन्धक वसन्त उपाध्यायलगायत मन्त्रालय मातहतका निकायका प्रमुखको सहभागिता रहेको थियो ।

गणतन्त्रलाई भव्यरुपमा मनाउने सन्दर्भमा सरकारी तथा निजी सञ्चार माध्यमलाई जिम्मेवार बनाएर काम गर्न गराउन आवश्यक रहेको सुझाव दिइयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter