समृद्धिलाई उपाधि

काठमाडौं, जेठ ८ । समृद्धि महर्जनले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्स उपाधि मंगलबार जितेकी छन् ।
आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगताको फाइनलमा समृद्धिले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गरिन् ।
यु–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले ऋध्भिक कार्कीलाई ६–० र ६–३ तथा आयुशमान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–२ र १०–८ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे । सो स्पर्धाको गल्र्समा प्रशंसा मोक्तानले आध्या पौडेललाई ६–० र ६–३ तथा सुनिरा थापाले जेनी खड्कालाई ६–३ र ६–३ को सीधा सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
यु–१४ ब्वाइज सिंगल्समा आर्यन गिरीले प्रथम पौडेललाई ६–० र ६–१, कुवेहाङ राईले श्रीयास पौडेललाई ६–० र ६–१, प्रितम परियारले आयुशमान नेपाललाई ६–० र ६–२ तथा चिराग तिमल्सिनाले विवेक जोशीलाई ६–०, ५–७ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।
उक्त स्पर्धाको गल्र्समा सलोनी तामाङले सर्भानी श्रेष्ठलाई ६–२ र ६–१ तथा रायना शाहले इशाश्री शाहलाई ३–६, ६–३ र ६–४ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले नेहालजंग थापालाई ६–० र ६–० तथा आरभसम्राट हाडाले सफल श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको गल्र्समा सुभाङ्गीलक्ष्मी शाह, इभा अधिकारी, अजा रेग्मी र आईशा डोल्कर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter