• Saturday, May 03, 2025

सिन्धुपाल्चोकको याम्बालिङ् जलविद्युत आयोजना २ वर्षभित्रै बन्ने

काठमाडौं, जेठ १० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट जलविद्युत आयोजना निर्माण भएको छ । विद्युत उत्पादनको लागि चिनियाँ कम्पनी जोङदिङ ईन्टरनेसनल ईन्जिनिरियङ कम्पनी लिमिटेडले लगानि गर्ने सहमतिमा हस्ताक्षर भएको छ । याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गर्दै सो आयोजनाको बारेमा जानकारी दिएको हो । kaman
याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुईवर्ष भित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताएका छन् ।
१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।
उनले भने,‘याम्बालिङ् हाईड्रोपावर प्रा.लिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना साना आयोजना निमार्ण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानिलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ लागेका छौं ।’
उनले भने,‘यो सँगै थप ४० मेघावाटको निमार्णको लागि समेत समजदारीमा हस्ताक्षेर भएको छ, कुललागत ८ अरव २० करोड लगानी सहित ९ अरव ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।’
अध्यक्ष लामाले अघि थपे,‘उक्त पावर हाउसबाट स्युचयाड हुँदैन ३३ केवि प्रसारण लाईन मार्फत ६ किमि टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रास्तावित सव स्टेशन लगेर जोडिने छ, ६ वर्षभित्र लगानी फिर्ता हुनेछ ।’
याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानी तर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईने बुझिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter