आयुश र सुनिरालाई स्वर्ण

काठमाडौं, जेठ १०। आयुशमान हजुर घले र सुनिरा थापाले प्रथम आईएमई-जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१० सिंगल्स उपाधि बुधबार जितेका छन् ।

सुनिरा र आयुस

सुनिरा र आयुस

दुवै खेल बुढानीलकाण्ठ सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिल्लाको कोर्टमा भएको ब्वाइज फाइनलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६ र १०–६ को सेटमा हराइन् ।
यु–१२ गल्र्स सिंगल्समा शुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुभाङ्गीले इभा अधिकारी तथा अजाले आईशा डोल्कर गुरुङलाई समान ६–३ र ६–४ को नतिजामा पाखा लगाए ।
यु–१४ ब्वाइज सिंगल्समा आर्यन गिरी र चिराग तिमल्सिनाले फाइनल भेट पक्का गरे । सेमिफाइनलमा आर्यनले कुवेहाङ राईको चुनौती ६–१ र ६–३ ले समाप्त पारे भने चिरागले प्रितम परियारलाई ६–२ र ६–४ ले निराश पारे ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter