• Saturday, May 03, 2025

संगीतकर्मी संघको महाधिवेशन शनिबार

Nepal Sangeetkarmiकाठमाडौं, १० जेठ । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन शनिबारबाट शुरु हुने भएकको छ ।
राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको दुई दिन चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो ।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए ।
‘हाम्रो संस्था ०६२ सालमा स्थापना भयो, त्यसबेला नेपालमा कलाकारहरुको अधिकारलाई जोडतोडकासाथ उठाउने कोही थिएनन्, हामीले विभिन्न किसिमका आन्दोलनका आवाजहरु सांगितिक तवरबाट उठाउँदै आयौं, उनले भने, २२ दिने साँगितिक आन्दोलनले नेपाली कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका सात बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं ।’
त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।
उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी नेतृत्वले यसका बारेमा गतिलो काम गरेर देखाउने छ ।’
आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । उनका अनुसार जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिनेछ । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उनले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए ।
उनले भने,‘हाम्रो संस्थाको ४५ वटा जिल्लामा जिल्ला शाखा गठन गरेका छौं, ६ वटा प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटी बनेको छ, जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले हाम्रो पहिलो दिनको कार्यक्रम उद्घाटन गर्नुहुनेछ, त्यसको भोलिपल्ट १३ गते बाजुमा हाम्रो कार्यक्रम तोकिएकै समयमा नेतृत्को चयन हुनेछ ।’
पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter