• Saturday, May 03, 2025

सरकारको सय दिन सफल भएको मन्त्री पण्डितको दावी

Lal Babu Pandit

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन ।
‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो’ उनले भने ।
विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देशको कुरा अरुसँग राख्न नसकेको आरोप लगाउँदै मन्त्री पण्डितले भने,‘तर अहिलेको हाम्रो सरकारले हिम्मतका साथ कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, जनतालाई सुशासन र समृद्धि दिलाउँछौं।’
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आउने असारसम्म दश हजार कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने स्पष्ट पारेका छन् । उनले भने,‘दश हजार कर्मचारीहरुलाई अब तोकिएको कार्यक्षेत्रमा पठाउँछु, यदि जान मान्नुभएन भने म कारबाही गर्न म तयार छु, कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिन्छु।’
मन्त्री पण्डितले राजनीतिक संक्रमणकालको अन्त्य भएपनि प्रशासनिक संक्रमणकाल अझैपनि जारी रहेको बताए । उनले भने,‘अब यो आउने असार मसान्तभित्रै अर्थात् नयाँ आर्थिक वर्ष सुरुसँगै म प्रशासनिक संक्रमणको अन्त्य गर्छु, मैले यो मन्त्रालय सम्हालेको जम्मा दुई महिना भयो, संगठन र संरचना तयार थिएन, अहिले १० प्रतिशत प्रक्रिया सुरु भएको छ, अब असारसम्म सय प्रतिशत पुर्याउँछु ।’
उनले केन्द्रिय सरकारले तीन तहकै सरकारको व्यवस्थापन गरेको बताउँदै भने,‘सरकारले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुबीच समन्वय गरिरहेको छ, तीन तहमै सरकारको व्यवस्था गरेको छ, सुरक्षालाई प्राथमिकता राखेको छ, कुनैपनि किसिमको दण्डहिनता हुन दिन्नौं, अपराधपूर्ण क्रियाकलापहरुको खोजी जारी छ।’
मन्त्री पण्डितले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास कार्यक्रमहरु आईसकेकोले अब ऐनाजस्तै देखिनेगरि बजेटमा आउने बताए । उनले भने,‘त्यतिवेला कांग्रेसले पनि साँच्चै आएछ है भन्छ, अनि राजपाका साथीहरुले पनि तराई–मधेशलाई विशेष नै आएछ है भन्नुहुनेछ।’
जनतालाई यतिवेला पहिला चाहिएको कुरा सेवा प्रवाह, सुशासन र विकास नै भएकोले सरकार सोही दिशामा लागिरहेको उनको भनाई थियो । उनले भने,‘धेरै कुराहरु नीति तथा कार्यक्रममा आएका छन्, अब छर्लङ देखिनेगरि बजेटमा आउँदैछ।’
मुलुकको विकासको लागि आफूहरु कांग्रेससँगपनि अंकमाल गर्दै अघि बढ्न तयार रहेको भन्दै कांग्रेसले पनि अब साथ दिनुपर्ने उनको भनाई छ । उनले भने,‘मैले त यही ऋषिजीको क्लबमा भनेको थिएँ, कांग्रेस सभापति देउवाजीले मन्त्रीहरु पठाउनुभयो भने नेपालीहरुको विश्वमा नयाँ पहिचान बन्छ।’ उनले पछिल्लो समय नेपालमा नकारात्मक कुरा बाहेक सकारात्मक कुरा नहुने र नदेख्ने गरिएको भन्दै गुनासो पोखे ।
उनले भने,‘नेपालमा ‘जखमल्ले’ बुद्धिजीवीहरु धैरै छन्, तीनले गरेका भविष्यवाणी केही पनि पुग्दैनन्, केही मिल्दैनन, होला लेख लेखे वापत उनीहरुलाई आम्दानी होला, बुद्धिजीवीहरुले त्यतिवेला संविधान नै जारी हुँदैन, यदि भयो भने पनि लागु हुँदैन भनेर बोलेका थिए, तर अहिले परिणाम हेर्नुहोस्, हामीले सबै लागु गरेर देखाईदिएका छौं।’

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter