• Saturday, May 17, 2025

पर्यटकलाई लक्षित गरी शौचालयसहितको बस सञ्चालनमा; ट्राफिक कारवाहीबाट रु २९ करोड राजश्व

traval busकाठमाडौँ, साउन ५ गते ।भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।

यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो ।

व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।

“सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ । बत्तीस सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन् ।

ट्राफिक कारवाहीबाट रु २९ करोड राजश्व

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ ।

उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारी साधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटबेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाहीवापत महाशाखाले उक्त राजश्व संकलन गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले गत आर्थिक वर्षमा चार लाख ७१ हजार ९६८ सवारीसाधन कारवाही गरेवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिनुभयो ।

“ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई प्रत्यक्ष, सिसी क्यामेरा, वडीवन क्यामेरा र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कारवाही गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार ९००, आव २०७२÷७३ मा रु १५ करोड ८२ लाख ९१ हजार २७५, आव २०७१÷७२ मा रु १४ करोड ४९ लाख ९७ हजार ५८५ राजश्व संकलन गरेको थियो ।

यसैगरी आव २०७३÷७४ मा छ लाख ३९ हजार ६११, आव २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७०, आव २०७१÷७२ मा पाँच लाख ६९ हजार ६४० सवारी साधनलाई महाशाखाले कारवाही गरेको थियो ।

वाग्मती अञ्चलमा ठूलासाना गरी झण्डै ११ लाख सवारीसाधन दर्ता रहेका छन् । तीमध्ये नौ लाख सवारीसाधन उपत्यकामा सञ्चालन हुँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter