• Wednesday, May 21, 2025

मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

elderly people Nepalभीमदत्तनगर, साउन ५ गते । भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो ।

अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए ।

सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् । ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो–“यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।”

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।”

प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । “यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिन्छु,” अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो ।

वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गर्नुभयो । “हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,” अध्यक्ष कँुवरले भन्नुभयो– “पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।”

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,” उहाँले भन्नुभयो–“उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।”

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । उहाँहरुले अध्यक्ष कँुवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन् । तीन दशकदेखि गाउँमा बस्दै आउनु भएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताउनुभयो ।

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उहाँले भन्नुभयो–“तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।”

एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो–“अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो ।

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ । अध्यक्ष कुँवरले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो ।

स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter