सरकार र डा. केसीबीच वार्ता शुरु
काठमाडौँ, ८ साउन । लामो जुहारीपछि सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच औपचारिक वार्ता शुरु भएको छ । डा केसीको वार्ता टोलीले र सरकारी टोलीबीच वार्ता शुरु भएको हो ।
यसअघिको संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडानबाट डा केसी पक्षपछि हटेपछि मंगलबार अपरान्ह शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको हो ।
वार्ताका लागि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङले पहल गरेका थिए ।