• Saturday, April 12, 2025

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ – प्रधानमन्त्री

PM Oliकाठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उहाँले स्पष्ट गर्नुुभयो ।

नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“तर अब त्यो अवस्था बाँकी रहेन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter