• Monday, April 14, 2025

KCC exhibit 2018 यसै साताको अन्तिममा

KCC_Exhibit _Posterकाठमाडौैँ, साउन १० गते । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङको अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शनिबार र आइतबार (१२–१३ श्रावण २०७५ तदनुसार सन् २०१८ जुलाई २८–२९)मा आफ्नै प्राङ्गणमा KCC exhibit 2018 आयोजना गर्दै छ । यस KCC exhibit 2018को मूल नारा “Innovate, Integrate and Sustain” रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यस सम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ सम्बन्धी ४५ वटा बिद्यार्थी प्रोजेक्टहरू, चारवटा फुड स्टल, दुईवटा गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगो विकासका लागि स्मार्ट सिटी’बारे गोष्ठी आयोजना गरिनेछ । यस दुई दिनमा २० हजारभन्दा बढी अवलोकनकर्ताहरूको अपेक्षा गरिएको छ । प्रदर्शनीका केही प्रोजेक्टहरूमा कलेजंं (मिनी एमआइएस प्रणाली), लिपि (नेपाली सिक्नका लागि), सुपरवाल (गेम), नेपसे डट टुडे (व्यक्तिगत स्टक विवरण), स्मार्ट स्टिक (दृष्टिविहीनका लागि), पानी सतह मापन, ट्राफिक व्यवस्थापन मोडल, सिङ्गल पोल झोलुङ्गे पुल, हाइड्रलिक पुल, हिल स्टेसन स्लाइडर लगायतका रहेका छन् । त्यस्तै, कार्यक्रममा नेपाली गायिका आस्था राउत र हास्य कलाकार जितु नेपालको प्रस्तुति पनि रहनेछ ।

‘दीगो विकासका लागि स्मार्ट सिटी’ विषयक गोष्ठीमा स्मार्ट सिटी, शहरीकरण, संयुक्त राष्ट्र सङ्कका दीगो बिकास लक्ष्यहरु र दिगो विकासका लागी , सूचना प्रविधि तथा ऊर्जा आदिबारे छलफल गरिनेछ ।

शनिबार वि.सं. २०७५ श्रावण १२ गतेका दिन उक्त कार्यक्रमको औपचारिक समुद्घाटन गरिनेछ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्याम लाल दास तथा अन्य अतिथिहरुमा सोही विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. शुभ नारायण पाठक, अनुसन्धान निर्देशक प्रा.डा. मीन राज ढकाल तथा अन्य कलेज, विश्वविद्यालय, सरकारी निकाय, कम्पनी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter