• Tuesday, June 10, 2025

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

Kalanki-Underpass

काठमाडौँ, साउन २१ गते । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।

सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन ।

‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । पछिल्लो पटक नियमित वर्षा भइरहेकाले दुई दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो ।

“दुई दिन मात्र घाम लागे अलकत्रा हालेर त्यसमाथि केही गिट्टी छरेर ‘अण्डरपास’ सञ्चालनमा आउने थियो, मौसम बदली भइरहेकाले दुई दिनको काम रोकिएकाले सञ्चालनमा ल्याउन सकिएन”, उहाँले भन्नुभयो ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो ।

कोटेश्वर–बल्खुपुल–कलंकी १०.४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म ८.५ किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवम् पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक नमूना तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै नमूना तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । अठ्ठाइस किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।

यस खण्डमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जगबागेश्वरीसमेत पर्ने भएकाले विस्तारमा समस्या आइपरेको छ । यो खण्डमा बाक्लो बस्ती रहेकाले हटाउन मुआब्जामै ठूलो धनराशि लाग्छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter