विदेशमा रहेकाहरुको सीप र पूँजी नेपाल भित्र्याइने, लगानी बढाउने विद्यासुन्दरको घोषणा
काठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताएका छन्।
एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताएका हुन्। फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान गएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी भएका थिए।
सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो। शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको शाक्यले बताए। प्रमुख शाक्य यही साउन १५ गते त्यसतर्फ गएका थिए। रासस