• Tuesday, April 22, 2025

वैदेशिक सहायता ढाँचा परिवर्तनको तयारी

Finance Ministryकाठमाडौँ, साउन २७ गते । सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने सोचमा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एकीकृत कोषका आधारमा वैदेशिक सहायता लिनुपर्छ भन्ने सोच अघि बढाइएको छ, दाताबाट एउटा परिमाणको सहयोगको घोषणा हुन्छ, सम्झौतासम्म पुग्दा त्यो घटिसक्छ, कतिपय दाताबाट दिन्छु भनेको रकम आएको छैन ।”

मुआब्जालगायत कतिपय कारणले दाताबाट प्राप्त रकम पनि खर्च भएको छैन । आयोजना सञ्चालनको तयारी नपुग्दा प्रतिबद्धता भएको रकमको भाका सर्र्ने गरेको मात्र नभई फिर्तासमेत लैजाने अवस्था भएको सो अवसरमा जानकारी दिइयो ।विभिन्न शर्तका कारण भूकम्पछिको पुनः निर्माणको काममा ढिलाइ हँुदा दातृ मुलुकबाट घोषणा भएको सहयोगको प्रतिबद्धता कार्यान्वयन नभएको उल्लेख गर्दै अर्थसचिव खनालले त्यसले गर्दा राजश्वको ठूलो भाग पुनः निर्माणमा लगाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter