“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक आवश्यक छ”- मन्त्री अधिकारी

RabindraAdhikariकाठमाडौँ, भदौ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पुर्याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ ।

फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक पनि आवश्यक छ । त्यसका लागि गुणस्तरीय फास्टफुड, क्याफे, रेष्टुराँ र होटल आवश्यक हुन्छ ।”

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको र त्यसका लागि सम्पदाको पुनःनिर्माण द्रूत गतिमा भइरहेको चर्चागर्दै मन्त्री अधिकारीले भन्नुभयो–“पर्यटकका लागि सम्पदा क्षेत्रमा राति पनि हेर्ने व्यवस्थाका लागि नाइटलाइफ सुरु गरिने छ । होटल खुला राख्ने समयसीमा समेत बढाइने छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने प्रयत्न भएरहेको चर्चा गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकका उद्योगधन्दा, विकास निर्माण र सेवाका क्षेत्रहरु २४ घण्टा नै सञ्चालनमा आउनसके मात्र मुलुकले चाँडै समृद्धि प्राप्त गर्ने छ ।”

उहाँले पर्यटनको क्षेत्रमा रहेको पुरातन सोंचलाई बदल्दै नयाँ सोंचका साथ पर्यटन व्यवसायलाई अगाडि लैजानुपर्नेमा जोडदिँदै फास्टफुड एसोसिएसनले दक्ष जनशक्ति उत्पादनमा समेत जोडदिन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा एक करोड पर्यटन नल्याएसम्म र कूल ग्राहस्थमा २० प्रतिशत योगदान नभएसम्म पर्यटन विकासले विश्राम लिन नसक्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीले फास्टफुड एसोसिएसनमा विभिन्न गतिविधिमा सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा मन्त्री अधिकारीले बुद्धनगरस्थित फास्टफुड एसोसिएसनको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फडिन्द्रबहादुर श्रेष्ठ (गोपाल) ले घरभाडा करसमेत व्यवसायीले तिरेर अनेक समस्याका बावजुद फास्टफुड व्यवसायीले व्यवसाय गरिरहेको बताउनुभयो ।

कार्यक्रममा होमराज श्रेष्ठ र हिमाल श्रेष्ठले फास्टफुड व्यवसायीले समस्याबारे चर्चा गर्नुभएको थियो ।

अधिवेशन व्यवस्थापन समितिका संयोजन नविन श्रेष्ठका अनुसार, अधिवेशनले केशरबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः राजकुमार श्रेष्ठ ‘राजु’, होमराज श्रेष्ठ, नविन श्रेष्ठ र बाबुराम कार्की सर्वसम्मत हुनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter