• Saturday, April 05, 2025

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई

KCC Media Awardकाठमाडौँ, भदौ १० गते । कान्तिपुर सिटी कलेज (केसीसी)द्वारा स्थापित केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५ बाट आज वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाल सम्मानित भएका छन् । जनही नेपाली रूपैयाँ २५ हजार रूपैयाँको उक्त सम्मानसँगै पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले ताम्रपत्रसहित सम्मान गर्नुभएको थियो ।

पत्रकार मोहन मैनाली र माया पकुवालले पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यावसायिक कार्यहरूमा थप उत्साह मिलेको बताउनुभयो । वरिष्ठ पत्रकार मोहन मैनालीले विगत २८ वर्षदेखि अनुसन्धानमूलक रिपोर्टिङ्ग, वातावरण बिट, ग्रामीण क्षेत्रमा फिल्ड रिपोर्टिङ्ग, डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा कार्य गर्दै हुनुहुन्छ । त्यसैगरी, पत्रकार माया पकवाल झापाबाट प्रकाशित वरुण साप्ताहिक प्रधान सम्पादक हुनुहुन्छ । उहाँको भर्खरै मात्र किड्नीको शल्यक्रिया गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि यशोदादेवी तिम्सिनाले दुबै पुरस्कृतहरू उत्कृष्ट र विवादरहित भएको बताउनुभयो । उहाँले सूचनाको हक सबैले प्रयोग गर्नुपर्ने तथा मिडियाले सो हकका लागि कार्य गर्नुपर्ने बताउनुभयो । त्यसैगरी, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आपैmमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले नेपाली पत्रकारहरूलाई सशङ्कित बनाएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा मिडिया शिक्षक डा. कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग नै गर्ने बताउनुभयो ।

कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पु¥याउनुहुने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड स्थापना गरिएको हो । सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणीमध्ये हो । यस क्रममा यहाँका पत्रकारिताका करिब ३५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्य गर्दै छन् ।

सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो । पत्रकारका लागि आत्मनिरीक्षणसम्बन्धी प्रा. रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा. भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा. दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् ।

कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्नुहुने माधव थापा क्षेत्री (२०१५को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई सम्मान पनि गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter