बालिका बीमा कार्यविधि पारित

happy-girlsबुटवल, भदौ १३ गते । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।

बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनुभयो । सो रकम बीस वर्षपछि मात्र बैङ्कबाट झिक्न मिल्नेछ । गाउँपालिकाका सबै वडामा बालिका जन्मने वित्तिकै बैङ्क खाता खोलिनेछ । “ बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

चालू आवको साउनमा जन्मिएका बालिकाको बीमा गरिनेछ । कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उहाँको भनाइ छ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter