• Saturday, April 05, 2025

पीडितलाई न्याय हुने तरिकाले काम गर्नुस् – मन्त्री ढकाल

File Photo

काठमाडौँ, भदौ १४ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले दुवै आयोगलाई द्वन्द्वपीडितलाई आशावादी हुने तरिकाले काम गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री ढकालले भन्नुभयो, “बेपत्ता परिवारका पीडालाई कम गर्ने तरिकाले आयोगले काम गर्नुपर्छ, आयोगले पीडितलाई न्याय दिन्छ भन्ने आशावादी पनि बनाउनुपर्छ, कानूनी रुपमा केही समस्या भए, त्यो समाधान सरकारले छिटै गर्छ ।”

पीडामा परेका पीडितलाई न्याय दिनका लागि सरकारले आयोगको गठन गरेको तर आयोगका पदाधिकारी सरकारकै आलोचना गरेर समय बिताउने जस्ता कार्य नगर्ने आग्रह गर्दै उहाँले एक वर्षभित्र पीडितका पक्षमा उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले स्रोत र साधनको कठिनाइका बीच पनि गरेको कामका बारेमा सही मुल्याङ्कन नहुँदा पीडा हुने उल्लेख गर्दै आयोगले पीडितकै न्यायका लागि काम गरिरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले पीडित र अन्तराष्ट्रिय निकायको विश्वास जित्ने तरिकाले काम गर्न र आयोगले के कारणले सोचेअनुरुप काम गर्न नसकेको हो भन्ने बारेमा प्रष्ट रुपमा पीडितसँग जानकारी गराउनुपर्ने बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा माधवी भट्टले आयोगमा पदाधिकारी परिर्वतन गर्दैमा समस्याको समाधान नहुने र त्यसका लागि आवश्यक स्रोत र साधान सरकारले जुटाई दिनुपर्नेमा जोड दिनुभयो ।

बेपत्ता परिवारका अध्यक्ष रामकुमार भण्डारी र द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले पीडितले उजुरी हालेपछि आयोग नै बेपत्ता भएको र राज्यको सम्पति खर्च गरेर काम नगर्ने आयोगलाई निरन्तरता दिनु आवश्यक नभएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित बेपत्ता परिवारले अझै पनि आफन्त आउने आशा रहेको र आयोगले कि श्वास कि लाश देखाइदिन आग्रह गरेको थिए । आयोगमा तीन हजार १९७ उजुरी परेको छ । तत्कालीन समयमा ८५ प्रतिशत राज्य र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएको आयोगको तथ्याङ्कमा छ ।

घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि ‘बेपत्ता पारिएका व्यक्तिका छानबिन आयोग’ गठन गरेपछि चौथो पटक यो दिवस मनाइएको हो । विश्वभर नै ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter