• Wednesday, April 02, 2025

बैङ्कले दिएको बढी रकम फिर्ता

Bank notesकाठमाडौँ, भदौ १५ गते । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गर्नुभएको छ ।

वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गर्नुभएको हो । उहाँले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताउनुभयो ।

उहाँले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैङ्कलाई उक्त बढी रकम हस्तान्तरण गर्नुभएको हो ।

वैद्यले बैङ्कबाट रु पाँच लाख चेकमार्फत झिक्दा बैङ्कका कर्मचारीले रु पाँच लाख ५० हजार दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter