अलैँची टिप्न भ्याइनभ्याई

alaichiबेलिना थापा / लमजुङ, भदौ १५ गते । लमजुङका किसान अलैँची टिप्न व्यस्त छन् । ग्रामीण भेगको बेंसी क्षेत्रका किसान एक साता यता अलैँची टिप्न र सुकाउन व्यस्त देखिन्छन् । अलैँची टिप्न बगानमा किसानको भीड छ । उनीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा अलैँची टिप्ने, छोड्याउने र सुकाउने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका ७ सेराका गुमबहादुर तामाङले एक हप्तादेखि अलैँची टिप्न थालेको बताउनुभयो ।

उहाँका अनुसार गाउँले अहिले अलैँची टिप्न व्यस्त छन् । ‘हामीलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई छ । मौसम खुल्न थाल्यो । अलैँची पनि पाक्यो । पाकेको अलैँचीलाई बेलैमा टिप्दा राम्रो’ उहाँले भन्नुभयो । ताराचोकका सन्तबहादुर अधिकारीले अलैँची टिप्ने र सुकाउने गर्दैमा दिन बितेको बताउनुभयो । ‘धान गोड्ने समय यही हो । कोदो रोपाइँ सकियो । समय मिलाएर अलैँचीमा ध्यान दिएका छौँ’ उहाँले भन्नुभयो । दोर्दी गाउँपालिका ८ खिन्चोकबेंसीका जयबहादुर घलेले कोदो रोपाइँ सकेपछि अलैँची टिप्न थालेको बताउनुभयो ।

जिल्लाको सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न थालिएको नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो । उहाँका अनुसार जिल्लाको बेंसीसहर नपा १० कुप्लिङ, सुन्दबरजार नपा १ कुन्छा, ४ दुराडाँडा, मस्र्याङ्दी गापा ७ सेरा, ३ थाकन, दोर्दी गापा ८, खिन्चोकबेंसी लगायतका बेंसीमा अलैँची टिप्न थालिएको हो ।

यी ठाउँमा साउन्ने, जिर्मले र डम्मरशाई जातका अलैँची लगाइएको छ । माथिल्लो क्षेत्रका दुई हजार चार सय मिटरसम्मका अलैँची असोज पहिलो हप्तादेखि टिप्ने उहाँले बताउनुभयो । माथिल्लो क्षेत्रमा रामशाई, गोलशाई, भलाङ्गे जातका अलैँची लगाइएको किसानले बताएका छन् ।

अलैँची व्यवसायी महासङ्घले किसानको खेतमा गएर अलैँची टिप्ने, सुकाउने विधिका साथै गुणस्तर वर्गीकरण (ग्रेडिङ) गर्ने प्रविधिबारे जानकारी गराउँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार यतिबेला अलैँची लगाएर सहर पसेका अलैँची टिप्न गाउँ फर्किएका छन् । अलैँची किसानले आफ्ना खेर गइरहेको बाँझो खेत र पाखो बारीमा अलैँची खेती गरेका छन् । केहीले धान तथा कोदो खेत मासेर पनि अलैँची खेती लगाएका छन् ।

जिल्लामा ९५० हेक्टर क्षेत्रफल जग्गामा अलैँची खेती गरिँदै आएको छ । ६५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुने गरेको छ । गत वर्ष ७२१ क्विन्टल अलैँची उत्पादन भएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । यो वर्ष थप १०६ हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार गरिएको छ । खेती विस्तार गरे पनि यस वर्ष अलैँची उत्पादन घट्ने अनुमान गरिएको छ । ‘अलैँची फुल्ने समयमा असिना प¥यो । बर्सेनि पुरानो गाँजहरू मसिँदै गएको छ । यसले अलैँची उत्पादन घट्ने अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैँची जोन) कार्यालयका वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा अलैँची खेती हुने गरिएको छ । ‘हामीले जोनअन्तर्गत रहेर अलैँची खेतीको विकास लागि कार्यक्रम अघि सारेका छौँ’ उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter