देश र परिवेश कविता–सङ्ग्रह विमोचन

Poem Releaseकाठमाडौँ, भदौ १६ गते । ‘देश र परिवेश’ डा. सुरेन्द्र सिटौलाको कविता–सङ्ग्रह हो । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शन जस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरू यस सङ्ग्रहमा रहेका छन् ।

सङ्ग्रहमा समावेश भएका कविताहरूले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सवालहरूलाई समेटेका छन् । सबै कविताहरूको केन्द्रविन्दुमा देश र समाजको चित्र प्रस्तुत गरिएको छ । लामो समयसम्म विज्ञानको प्राध्यापन र शिक्षाको क्षेत्रमा लामो समयदेखि संलग्न डा. सिटौलाका फुटकर कविताहरू धेरै प्रकाशन भए पनि सङ्ग्रहका रूपमा यो पहिलो प्रकाशन हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताहरूले कवि डा. सिटौलाले आफ्नो पेशागत कार्यकालमा अनुभव गर्नुभएका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेको बताउनुभएको छ । कवि डा. सिटौलाले सङ्ग्रहमा समाजमा देखिएका देश–कालमा भोगेका कुरालाई कवितामा उतारेको बताउनुभयो । सङ्ग्रहका बारेमा साहित्यकार अशेष मल्ल, प्रा.डा. बद्रीविशाल भट्टराई र सञ्चारकर्मी रमेश खड्काले संक्षिप्त समीक्षा गर्नु भएको थियो ।

कविता–सङ्ग्रहबारे राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्नुभएको छ — यस सङ्ग्रहका कविताहरूमा सिटौलाले सुस्पष्ट र हृदयस्पर्शी शैलीमा देशलाई सचेत गराइरहेका छन् । कार्यक्रमको आयोजना बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौँले गरेको हो ।

आजको लोकार्पण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो । यस कविता–सङ्ग्रहमा धेरै कविताहरू राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुशी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषयहरूमा लेखिएका कविताहरू संलग्न छन् । देश, हारेको शहीद र म, भाग्य, पुरुषार्थ र जाँगर, पृथ्वीनारायण कतै फर्किसके, अब मैले यहाँ बस्नु हुँदैन, नेताको धर्म, शहीद राएको विहान, म एउटी आमा खोज्दैछु, सुख र शान्तिको मृगतृष्णा, बुद्ध जयन्ती र म, म नयाँ नेपाली भएको छु, चुनाव, म अमेरिकी हुँ, मैले नजानी पढाएँ, कर्मको यौवन, मलाई हार्न मन लाग्छ यस सङ्ग्रहका केही प्रतिनिधि कविताहरू हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter