उच्च सैनिक अधिकृतको सम्मेलन शुभारम्भ

Nepal_Armyकाठमाडौँ, भदौ १८ गते । नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन यहाँ शुरु भएको छ ।

आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस सम्मेलनमा २३ राष्ट्रका उच्च तहका सैनिक अधिकृत ८३ र नेपाली सेनाका २० गरी जम्मा १०३ जनाको सहभागिता रहेको छ । यही भदौ २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन आउनु भएका उच्च तहका विदेशी सैनिकलाई नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ ।

यस्तो बहुर्राष्ट्रिय संयुक्त सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुनसक्ने रणनीतिक सुरक्षा चुनौतीको समाधानको लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदानप्रदान हुने सेनाले विश्वास लिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter