प्रविधिमैत्री स्थानीय निकाय

New-Technique-Replaces-200000-Magnet-With-One-From-a-Hobby-Shopतुलसीपुर, भदौ २० गते । यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत गर्न थालिएको छ । स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् । सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट अनलाइनमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ता वितरण, नाम दर्ता, लगत कट्टा, परिचयपत्र दिनेलगायत काम भइरहेको छ ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । सबै वडाबाट अनलाइनमार्फत कर सङ्कलन र घटना दर्ता गर्न थालेको वरिष्ठ वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिने योजना बनाएको छ ।

यस्तै लमही नगरपालिकाले सबै वडाबाट कर सङ्कलन र घटना दर्ता शुरु गरेको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीका अनुसार सबै वडालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ । “प्रविधिमैत्री सेवाका कारण नागरिक र कर्मचारीलाई सहज भएको छ,” उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter