‘क्यानोनिङ’को सफल परीक्षण

Canoyingबागलुङ, भदौ २१ गते । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ ।

गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताउनुभयो । “विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ” उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण र प्राविधिक तयारीमा लागेका छौँ ।”

त्यस्तै ‘क्यानोनिङ’मा चाहिने हेल्मेट, ज्याकेट, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइनेछ । पूर्वाधार निर्माणका लागि वडाले चालू आवमा रु पाँच लाख छुट्टाएको छ । यतिमात्र बजेट अपुग हुने भएपछि अन्य क्षेत्रबाट पनि स्रोत जुटाइने भएको छ । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको हो । वडाले खेल पर्यटन प्रवद्र्धनका लागि ‘क्यानोनिङ’ शुरुवात गर्न लागेको हो ।

सम्भाव्यता अध्ययनका लागि पोखरादेखि आएका ‘क्यानोनिङ’ का विज्ञ रामबहादुर गुरुङसहितको टोलीले शुरुमा ‘क्यानोनिङ’को परीक्षण अभ्यास गरेका थियो । विज्ञ टोलीले सह्रसधारा झरनालाई ‘क्यानोनिङ’को लागि प्राविधिक र सबै हिसाबले उचित ठहर गरेको थियो । झण्डै ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्न वडाध्यक्ष भण्डारीले पहल गर्नुभएको हो । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने ठानिएको छ । पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना नगरपालिकाको छ । ‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी छ ।

‘क्यानोनिङ’मा दक्ष युवा तयार गरेर विस्तारै सबैका लागि खुला गर्ने योजना छ । यसै वर्षमा ‘क्यानोनिङ’ प्रतियोगिता सञ्चालन गर्ने योजना छ । नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले गलकोट क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने बताउनुभयो । “पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ” उहाँले भन्नुभयो, “यसले पर्यटक भित्र्याउन सघाउ पु¥याउने छ ।”

सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित सहस्रधारा झरनामा हटियादेखि ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिन्छ । सडकको सुविधासमेत पुगेको सहस्रधारा हुँदै कोत मैदान र त्यहाँबाट पूर्णकोटसम्म पदमार्ग बनाउने योजना छ । पूर्णकोटमा यसै वर्ष ‘पाराग्लाडिङ’को पनि सम्भाव्यता अध्ययन हुने भएको छ । ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोटलगायतका जिल्लामा सञ्चालित छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter