नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

pradeep-gyawaliकाठमाडौँ, भदौ २४ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ ।

यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्धमा थप उचाइ दिएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिताले दुई देशबीचको सम्बन्ध विस्तारका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“दुई देशका यस्ता विद्यार्थी हाम्रा सम्बन्धका वास्तविक राजदूत हुन् । यिनीहरुले दुई छिमेकीको सम्बन्धको प्रवद्र्धन गर्नेछन् ।”

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई देशको सम्बन्ध प्रवद्र्धनमा यस्ता गतिविधिले महत्वपूर्ण साधनका रुपमा काम गर्ने बताउँदै विद्यार्थीको सिर्जनशील क्षमता र कलाको प्रशंसा गर्नुभयो । तीन प्रतियोगितामा २०१ विद्यालयबाट दुई हजार ३०० विद्यार्थी सहभागी थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter