मुक्त कमैयालाई जग्गा

Tharu femalesघोराही, भदौ २५ गते । सरकारले २०५७ सालमा कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ उपलब्ध गराउँदै आएको छ ।

जिल्ला भूमि सुधार कार्यालयका कमैया वृत्तिविकास तथा बसोबास शाखाका प्रमुख हरिप्रसाद चौधरीका अनुसार लगत लिएर परिचयपत्र वितरण गरिएका मुक्त कमैया परिवारको सङ्ख्या एक हजार ४२६ रहेको छ । हालसम्म ७०५ मुक्त कमैया परिवारले घर बनाउन जग्गा पाएका छन् । उनीहरुलाई ६ धुरदेखि पाँच कठ्ठासम्म जग्गा पाएका छन् ।

जग्गा पाएपछि घर बनाउन वन कार्यालयले १७७ मुक्त कमैया परिवारलाई काठ उपलब्ध गराएको छ भने २२१ परिवारलाई काठ वितरण गर्न पक्रिया अघि बढाइएको छ । काठ दिन नसक्ने अवस्थामा वनले मुक्त कमैयालाई प्रतिपरिवार रु एक लाख उपलब्ध गराउँदै आएको छ । आव २०७४÷७५ मा जिल्ला भूमि सुधार कार्यालयले २०४ परिवारलाई काठबापतको रु एक लाख वितरण गरेको छ । सम्पर्कमा आएका मुक्त कमैया परिवारलाई रकम वितरण गरिँदै आएको छ ।

सरकारले मुक्त कमैयाको आर्थिक अवस्था हेरेर रातो, नीलो, पहेँलो र सेतो कार्ड वितरण गरेको छ । भूमिसुधार ऐनमा घर र जग्गा दुवै नभएका तथा अरुको घरगोठमा आश्रय लिएर बसेकालाई रातो कार्ड दिने प्रावधान छ । जिल्लामा रातो कार्ड पाउने मुक्त कमैया २१५ परिवार छन् । आप्mनै जग्गा नभएका ऐलानी पर्ति जग्गामा बस्दै आएका ४०३ परिवारलाई नीलो कार्ड वितरण गरिएको छ । नीलो कार्ड पाउने ४०३ परिवार छन् । दुई कठ्ठासम्म आफ्नो जग्गा भएकालाई सरकारले पहेँलो कार्ड दिइरहेको छ । पहेलो कार्ड पाउने ३२४ मुक्त कमैया परिवार छन् । दुई कठ्ठाभन्दा बढी जग्गा भएका ३९७ परिवारले सेतो कार्ड पाएका छन् । यस वर्ष भूमि सुधार कार्यालयले ४६ परिवारलाई जग्गा उपलब्ध गराएको छ भने १७ परिवारका लागि जग्गा नभेटिएको भूमि सुधार कार्यालयका प्रमुख मानबहादुर कुँवरले जानकारी दिनुभयो ।

“सरकारले उपलब्ध गराएको जग्गा मुक्त कमैयाले मन पराएका छैनन्”, उहाँले भन्नुभयो, “मुक्त कमैयाले भने जस्तो जग्गा नभेटिएपछि जग्गा उपलब्ध गराउन समस्या भएको छ ।” भालुबाङदेखि पुरन्धारासम्म मुक्त कमैया बस्दै आएका छन् । सरकारले लालमटिया, कर्री सामुदायिक वन, सालभुण्डी सामुदायिक वन तथा गडवाको मानपुरमा मुक्त कमैयालाई जग्गा प्रदान गरी व्यवस्थापन गरिरहेको छ । सरकारले उनीहरुलाई जग्गा मात्र नभई विभिन्न सीपमूलक ताली उपलब्ध गराउँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter