प्रदेश र सङ्घीय सरकारबीच मतभिन्नता छैन– मुख्यमन्त्री शाही

Province-4-pokharaकाठमाडौँ, भदौ २५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पार्नुभएको छ ।

रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताउनुभयो ।

“अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने काम प्रदेश सरकार र स्थानीय तहको हो” मुख्यमन्त्री शाहीले भन्नुभयो । संविधानअनुसार मुख्यमन्त्रीलाई अधिकार दिनुपर्ने उहाँको भनाइ छ । “मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो, सात वर्षसम्म संविधानको बारेमा बहस भयो, अब पनि सानातिना कुरामा अल्झिन थाल्यौँ भने मुलुकको विकास कहिले गर्ने”, उहाँले प्रतिप्रश्न गर्नुभयो ।

मुख्यमन्त्री शाहीले प्राकृतिक, भौगोलिक र सांस्कृतिकलगायतका क्षेत्रमा कर्णाली प्रदेश अब्बल रहेको दाबी गर्दै विकास, स्वास्थ्य र शिक्षाको हिसाबले प्रदेश पछि परेकाले त्यो पूरा गर्न वर्तमान प्रदेश सकार प्रयत्नशील रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter