नेपाल–चीन राजमार्ग खुला

rasuwagadhi nakaरसुवा, भदौ २८ गते । यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।

पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण रसुवाबाट प्रतिनिधित्व गर्ने संसद् मोहन आचार्यको सहयोगमा रसु्वा कन्स्ट्रक्सन प्रालिले पठाएको २२० सिसीको स्काभेटरको सहायताले तीन दिनको प्रयासमा सडक खुलाउन सफल भएको प्राविधिकले बताएका छन् ।

उक्त ठाउँमा यही भदौ २ गते ठूलो पहिरो जाँदा भदौ १८ गते सञ्चालन भएको स्थानमा पुनः पहिरो गएको बताउँदै सडक कार्यालयका प्राविधिक अपरेटर निमा लामा र राजेश दाहालले जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह गरेका छन् ।

यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान संसद् मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

गत साउन ९ गतेदेखि अहिलेसम्म सडक अवरुद्ध भइरहँदा डेढ अर्बभन्दा बढी राजश्व नोक्सान परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । आज राजमार्ग खुलेलगत्तै २०० भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको र बढ्दो सवारी चापको व्यवस्थापनका लागि ठाउँठाउँमा ट्राफिक व्यवस्थापन मजबुद बनाइएको ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।

वर्षाको कारण बेत्रावती रसुवागढी राजमार्गको ठाउँठाउँमा खाल्टाखुल्टी धेरै भएको र पहिरो क्षेत्रको व्यवस्थापनपश्चात् क्रमशः सुधार गर्दै लगिने सडक इञ्जिनियर सरोज कडोरियाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter