लुक्लामा जहाज नआउँदा पर्यटक मारमा

Jiri Airportविवश कुलुङ / सल्लेरी, भदौ ३० गते । सगरमाथा क्षेत्रमा पर्यटकको आगमन हुने एकमात्र विकल्पका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा छ दिनदेखि कुनै पनि उडान नहुँदा पर्यटकहरू मारमा परेका छन् । प्रतिकूल मौसमका कारण जहाज आउन नसक्दा नयाँ पर्यटकहरू आउन पाएका छैनन् भने सगरमाथा क्षेत्र आएका पर्यटकहरू फर्कन नपाएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । छ दिनदेखि पर्यटकहरू खुम्बु क्षेत्र नआउँदा दैनिक एक सय २५ जनाको हाराहारीमा खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकको सङ्ख्या अहिले शून्यमा झरेको पर्यटक प्रहरी कार्यालयका प्रमुख सरयुग महतोले बताउनुभयो ।

प्रतिकूल मौसमका कारण लुक्लामा नै पर्यटकहरू बस्न बाध्य भएको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ । अहिले पर्यटकहरू विमानस्थल आउँदै फर्कंदै गर्नुपरेको प्राधिकरणको लुक्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार लुक्लामा नियमित रूपमा बिहानैदेखि मौसम खराब हुँदा उडान हुन सकेको छैन । मौसम खुल्ने कुनै सङ्केत नभएकाले अझै समय लाग्न सक्ने उहाँको अनुमान छ । प्राधिकरण लुक्ला कार्यालयका अनुसार अहिले तीन सयभन्दा बढी पर्यटक फर्कन नपाएर लुक्लामा नै अलपत्र परेका छन् । पर्यटकहरू खुम्बु क्षेत्रमा हिमालको आरोहण, अवलोकन गर्नुका साथै साहसिक खेल प्याराग्लाइडिङलगायत विभिन्न जीव जनावरहरूको अवलोकनमा आउने गर्छन् ।

सगरमाथा क्षेत्रमा पर्यटक नआएपछि व्यवसायी पनि मारमा परेका छन् । लुक्लास्थित विमानस्थल पर्यटक आगमनका लागि मात्र नभई खाद्यान्न ढुवानी गर्ने माध्यम पनि भएकोले कृषि उपज सामग्रीको अभाव सुरु भएको नाम्चे होटल व्यवसायी सङ्घका सदस्य लामाकाजी शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्रमा खासै कृषि उत्पादन नहुने भएकोले अधिकांश होटलमा काठमाडौँबाटै तरकारीले धान्दै आइरहेको हुँदा व्यवसायीलाई समस्या भएको हो । साथै पर्यटकीय बजारमा पर्यटक नै नआएपछि व्यापार पनि खस्केको नाम्चे होटल व्यवसायी सङ्घले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter