निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

Nepal Parliamentकाठमाडौँ, असोज १ गते । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ ।

नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम (२) बामोजिम समिति गठन गरिएको हो ।

समिति सदस्यमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, गणेश ठगुन्ना, प्रभु साह, भीमबहादुर रावल, डा मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मी परियार, खेम लोहनी, दुर्गा पौडेल, पम्फा भुसाल, निरादेवी जैरु र देवप्रसाद तिमल्सिना रहनुभएको छ ।

समितिमा चार सदस्यले राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्नुहुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २ गते अपराह्न ३ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter