आर्थिक सूचकाङ्क सकारात्मक रहेको दाबी– मन्त्री खतिवडा

Yuvaraj Khatiwadaकाठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च रु छ खर्ब भइसकेको बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएपनि पूँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिनुभयो ।

उहाँले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय (इ) सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter