शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

Peace Lampकाठमाडौँ, असोज ९ गते । प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सांसद खगराज अधिकारी, प्रेस सुवाल, पुष्पा भुसाल, नवराज सिलवाल, देवप्रसाद गुरुङ, राधाकुमारी ज्ञवाली, सरिता गिरी, अञ्जना विशङ्खे, सत्या पहाडीलगायतले सरकारले सो प्रस्ताव ल्याएर राम्रो काम गरेको बताउनुभएको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कावा प्रधानमन्त्रीम ईश्वर पोखरेललाई तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

सदनमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘राहदानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १० गते अपराह्न २ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter