सोलार बत्तीपछि सिरुबारी झलमल्ल

Solar lightस्याङ्जा, असोज १२ गते । देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ ।

आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ । पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताउनुभयो ।

सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताउनुभयो ।

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहनु भएका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ ९घरबास० लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter