नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

nurseनेपालगञ्ज, असोज १५ गते । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ ।

नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था चहार्नुपर्ने अवस्था धेरै नर्स पढेकाको अनुभव बन्न पुगेको छ । ‘नर्सिङ अध्ययन पूरा गरेको एकवर्ष पूरा भए पनि अध्ययन अनुसारको रोजगार पाउन सकेको छैन,” नेपालगञ्ज– १५ का सुष्मा थापा बताउनुहुन्छ ।

अहिले नयाँ प्रविधिसहितका थुप्रै नर्सिङ कलेज नेपालगञ्जमा खुलेका छन् । तथ्याङ्कअनुसार नेपालगञ्जमा सात नर्सिङ कलेज सञ्चालनमा छन् । सामान्यतया प्रत्येक वर्ष एउटा कलेजबाट ४० जनाभन्दा बढी नर्सको कोटा हुन्छ । “नेपाली समाजमा पहिला नर्सलाई हेपाहा दृष्टिकोणले हेरिन्थ्यो, अहिले त्यसो छैन,” नेपाल नर्सिङ सङ्घ, बाँकेका अध्यक्ष लक्ष्मी केसी भन्नुहुन्छ । यो पेशालाई अहिले निकै सम्मानपूर्वक हेर्ने गरिएको छ । “नर्सिङ विषय अब युवतीको प्राथमिकतामा पर्ने गरेको छ,” केसीले भन्नुभयो ।

नर्सिङ विषय अधिकांश युवतीको प्राथमिकतामा परेको छ । नर्सिङ पढेर समाज सेवा गर्ने चाहना छ,” विद्यार्थी सृष्टि शाहले भन्नुभयो । नेपालगञ्जका सात कलेजबाट वार्षिक करीब २५० नर्स उत्पादन हुन्छन् । उनीहरुको मुख्य चुनौती रोजगार हो । नेपालमा मात्र होइन विदेशमा समेत नर्सिङको माग अत्याधिक छ । “विदेशको मोहका कारण यो विषयप्रति युवतीको चाहना बढेको हो,” अध्यक्ष केसीले भन्नुभयो ।

नर्सिङ अध्ययनमा प्रयोगात्मक अभ्यास धेरै हुन्छ । “दक्ष नर्स बन्न अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा अस्पतालको सङ्ख्या कम भएकोले चुनौती छ,” नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौड्यालले भन्नुभयो । नर्सप्रतिको सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन अहिले त समाजले सम्मानजनक व्यवहार पनि गर्न थालेकाले पनि यो पेशाप्रति युवतीको मोह बढेको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter