प्रथम नौलिन जेआईटी जुनियर टेनिस च्याम्पियनशीप असोज २३ देखि २७ गतेसम्म

Tennisकाठमाडौँ, असोज २१ गते । सबैका लागि टेनिस (टेनिस फर एभ्रिवान) नाराका साथ स्थापना भएको नौलिन स्पोट्र्स भिल्लाले प्रथम नौलिन जेआईटी जुनियर टेनिस च्याम्पियनशीप, २०१८ सञ्चालन गर्न लागेको छ ।

नेपाल टेनिस संघको सहकार्य, जुनियर टेनिस इनिसिएटिभ(जेटिआई)को संयोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका खेलहरु जित्ने प्रत्येक खेलाडीले निश्चित अंक प्राप्त गर्ने छन् । टेनिस संघको वार्षिक क्यालेन्डरमा यस प्रतियोगितालाई समावेश गरिएको संस्थाका प्रवन्ध निर्देशक किशोर थापाले बताउनु भयो ।

भिल्ला स्थापना भएको एक वर्षभित्रै आयोजना गर्न लागेको प्रतियोगिताप्रति विश्वास व्यक्त गर्नुभएकोमा संघसहित सबै प्रति आभार व्यक्त गर्दछु ।, उहाँले भन्नुभयो ।

प्रतियोगिताका खेलहरु २०७५ असोज २३ देखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने छ । च्याम्पियनशीपमा पाँच उमेर समूहका ८३ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की(पोखरा)का खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा १४ वर्ष वा सो भन्दा कम उमेरका खेलाडीको सहभागिता रहने छ । ब्वाइ र गर्ल क्याटोगरीमा यु ८, यु ९, यु १०, यु १२ सिंगल र यु १४ को सिंगल तथा डबलका गरि १ सय ३६ वटा खेलहरु हुने छन् । खेलहरु बुढानीलकण्ठ ८ सुन्दरबस्तीस्थित नौलिन स्पोट्र्स भिल्लाका कोर्टहरुमा सञ्चालन हुने छ ।

पछिल्लो केही वर्षदेखि उमेर समूहका अन्तर्राष्टिय टेनिस प्रतियोगिताहरुमा सहभागी हुने नेपाली खेलाडीको संख्या निकै बढेको छ । तर आन्तरिक प्रतियोगिताहरु कम रहेको विषयलाई ध्यान दिँदै प्रतियोगिता सञ्चालन गर्न लागेको हौं, उहाँले भन्नुभयो ।

साथै खेल पत्रकाहरु स्पोट्र्स भिल्लाले आफ्नो सबै सेवाहरुमा ५० प्रतिशत छुट दिन व्यवस्था गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter