सहकारीबाटै समृद्धि ः प्रधानमन्त्री

PM Oliकाठमाडौँ, असोज २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याउनुभयो ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पु¥याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भन्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताउनुभयो ।

भूमि व्यवस्थापन, सहकारी आन्दोलनमा बडालले गर्नुभएको योगदानको मन्त्री ज्ञवालीले सराहना गर्नुभयो । लेखक अनिल पौडेलद्वारा लिखित उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । लेखक पौडेलले इन्द्रेनीका सप्तरङ्गी छटाहरू बडालमा देखिएकाले कृतिको सारतत्व नै स्वाभिमान, कर्तव्यनिष्ठ र इमान रहेको उल्लेख गर्नुभयो ।

केशव बडाल सहकारी पत्रकारिता सम्मान

यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।

सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।

यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter