सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार हो– उपप्रधानमन्त्री पोखरेल

Ishwor Pokharelकाठमाडौँ, असोज २७ गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चाडपर्व भनेको रमाइलो गर्ने पाटो मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताउनुभएको छ ।

विजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “बहुभाषिक, बहुजाति, बहुधार्मिक र बहुसंस्कृति भएको देशका नागरिकका हैसियतले हामीले एक–अर्कालाई सम्मान गर्ने, सद्भावपूर्ण व्यवहार गर्ने र सामाजिक सम्बन्धलाई बलियो तुल्याउने काम गर्दै आएका छौँ ।”

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउँदै उहाँले भन्नुभयो,“सामाजिक सद्भाव र एकतामा खलल भयो भने राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । त्यसैले हामी सबैले सामाजिक सद्भावलाई बलियो बनाउने सङ्कल्प गर्नुपर्दछ ।”

निर्वाचन घोषणापत्र एवं नीति तथा कार्यक्रममा व्यक्त गरिएको प्रतिबद्धताबाट आफूहरु किञ्चित पनि विचलित नहुने स्पष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले घोषणा गरिएका प्रतिबद्धता र नीति कार्यक्रमकै आधारमा निर्देशित भएर विकास र समृद्धिका काम अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा सञ्चार मन्त्रालय मातहत निकायहरुका प्रमुख एवं वरिष्ठ सञ्चारकर्मीहरु पनि सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter