आयुर्वेद औषधालयको स्तरोन्नतिका लागि स्वीकृति प्रदान

Ayurveda-Utensilsपशुपतिनगर, इलाम, असोज ३० गते । मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ ।

बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले सो औषधालयका लागि आवश्यक पर्ने दरबन्दी पनि थप गरिएको छ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटसमेत विनियोजन गरिएको मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो ।

स्तरोन्नतिपश्चात् बिरामीले ओपिडी सेवासँगै फिजियोथेरापी, सत्वाङ स्वेत, पायल्स, फिस्टुला र फिसरको उपचार, प्रयोगशालाको सुविधा, छारसुत्र प्रविधिबाट उपचार सेवा प्राप्त गर्ने छन् ।

इलाम सूर्योदय नगरपालिका–११ आइतबारेस्थित नौ रोपनी क्षेत्रफलमा फैलिए उक्त औषधालयमा थप सेवा प्रदान गर्न आवश्यक पर्ने नयाँ भवन निर्माणका लागि प्रस्ताव गरिएको प्रमुख पौडेलले बताउनुभयो । चालू आवमा प्रशासनिक कामका लागि भवन भाडामा लिने र अहिलेको कार्यालय रहेको भवनलाई बिरामीको उपचारका लागि प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

स्तरोन्नतिसँगै औषधालयले कार्यालय परिसरको नौ रोपनी जग्गामा जडीबुटी उद्यान स्थापना गरी आफैँ औषधि बनाउने योजना लिएको जनाएको छ । यसका साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र गाउँघर क्लिनिक विस्तार गर्ने तथा विद्यालयका विद्यार्थीलाई आयुर्वेद तथा योग स्वास्थ्यका बारेमा जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गर्ने औषधालयले जनाएको छ ।

पछिल्लो समय मानिसमा आयुर्वेद चिकित्साप्रति आर्कषण बढ्दै गएकाले प्रदेश सरकारले चालू आवमा प्रदेश नम्बर १ मा रहेका दुई वटा अञ्चल आयुर्वेद औषधालयलाई स्तरोन्नति गर्ने योजना स्वीकृत गरेको हो ।

मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगको उपचार गर्दै आएको छ । ज्येष्ठ नागरिक, सुत्केरी महिला र नशासम्बन्धी रोगको उपचार पञ्चकर्मको माध्यमबाट गर्दै आएको छ ।

आव ०७३÷७४ मा जिल्लाका चार हजार ५७२ जनाले आयुर्वेद उपचार सेवा लिएकोमा गत आवमा त्यसमा वृद्धि भई पाँच हजार २२७ पुगेको प्रमुख पौडेलले बताउनुभयो । मेची अञ्चल आयुर्वेद औषधालयका अतिरिक्त जिल्लामा अन्य चार स्थानबाट आयुर्वेदिक सेवा सञ्चालन भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter